Banijya News

छिमेक लघुवित्तको १ लाख ४५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

1
1.1K Shares

छिमेक लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ४५ हजार ५०५ कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३९० रुपैयाँ तोकेको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (असार ३० गते) बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

1

Scroll to Top