अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको कुल ३५ लाख ३० हजार कित्ता शेयरको लक-इन अवधि आजबाट सकिँदैछ। यससँगै कम्पनीका संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरूका लागि छुट्याइएको शेयर बजारमा किनबेचका लागि खुल्ला हुनेछ।
लक-इन अवधि समाप्त हुने शेयरमध्ये ३० लाख कित्ता संस्थापक शेयर, स्थानीय बासिन्दालाई बाँडफाँड गरिएको ५ लाख कित्ता र कर्मचारीका लागि सुरक्षित गरिएको ३० हजार कित्ता शेयर रहेका छन्।
यद्यपि, कम्पनीले आफ्नो सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीहरूलाई भने तत्काल शेयर खरिद बिक्री गर्न नपाउने स्पष्ट पारेको छ।


