Banijya News

३४.६१ अंकले बढ्यो नेप्से, कारोबार १४ अर्ब माथि

1
1.1K Shares

साताको चौथो कारोबार दिन सेयर बजार नेप्से परिसूचक ३४.६१ अंकले बढेर २७९४.७८ को विन्दुमा कायम भएको छ । नेप्सेमा यसदिन ३३० कम्पनीको ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ३ करोड माथिको सेयर कारोबार भएको छ ।

आज केबिएल डिबेञ्चरका इकाईधनी र थ्रि स्टार हाइड्रोपावरका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८.४१ प्रतिशतका दरले कमाएका छन् । माईखोला हाइड्रोपावरका लगानीकर्ताले आज सर्वाधिक ७.८७ प्रतिशतका दरले गुमाए ।

यसदिन बुटवल पावर कम्पनीको सर्वाधिक ६१ करोड ८७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रोमा राधि विद्युत कम्पनीको ५६ करोड ६९ लाख रुपैयाँ र तेस्रोमा सानिमा माई हाइड्रोपावरको ३९ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

1

Scroll to Top