Banijya News

स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

1
1.1K Shares

स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आईपीओमा आज साउन ९ गतेसम्म आवेदन दिन सकिने छ । असार २७ गतेदेखि निष्कासन भएकाे आईपीओमा आजसम्म आवेदन दिन सकिने छ ।

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कम्पनीले कुल २३ हजार १०० कित्ता आईपीओ खुला भएकाे हाे । कम्पनीले गत असार ५ गते २ करोड ३१ लाख रुपैयाँबराबरको प्रति शेयर १०० रुपैयाँ अंकित दरका २ लाख ३१ हजार कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

कुल २ लाख ३१ हजार कित्ता मध्ये ०.५० प्रतिशतले हुन आउने १ हजार १५५ कित्ता सेयर कर्मचारीहरुलाई ५ प्रतिशतले हुन आउने ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याइएकाे छ । १० प्रतिशतले हुन आउने २३ हजार १०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि जारी गरिएकाे हाे ।

1

Scroll to Top