Banijya News

नेपाल पुनर्बीमा कम्पनीले हकप्रद शेयर जारी गर्ने

1
1.1K Shares

नेपाल पुनर्बीमा कम्पनीले १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले अर्थमन्त्रालयको स्वीकृत लिई हाल कायम रहेका शेयरधनीलाई शतप्रतिशत हकप्रद शेयर जारी गरी पुँजी वृद्धि गर्ने योजना बनाएको छ ।

यसका लागि कम्पनीले आगामी साधारण सभामा हकप्रद प्रस्ताव पेश गर्ने निर्णय गरेको छ।त्यस प्रयोजनको लागि कम्पनी ऐन २०६३ को दफा ५६ (१) र दफा ८३ (क) अनुसार आगामी साधारण सभामा विशेष प्रस्ताव पेश गर्ने निर्णय गरिएको कम्पनीले उल्लेख गरेको छ। हाल यस कम्पनीको चुक्ता पुँजी १३ अर्ब ४२ करोड रुपैयाँ बराबर रहेको छ ।

बीमा प्राधिकरणले तोकेको पूँजीको सीमा एवं कम्पनीको व्यवसाय विस्तार गर्न र अन्तराष्ट्रिय बजारमा कम्पनीको उपस्थिति बढाउन कम्पनीको चुक्ता पूँजी २६ अर्ब भन्दा बढी कायम गर्नु पर्ने भन्ने व्यवस्थापनको सुझाव समेतलाई मध्यनजर गर्दै शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

नेपाल बीमा प्राधिकरणले पछिल्लो समय कम्पनीलाई तोकिएको चुक्ता पुँजी पुर्याउनको लागि २०८२ माघ मसान्त सम्मको समय दिएको छ ।

1

Scroll to Top