नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको छ ।
बैंकले १ः१ को अनुपातमा २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । यसका लागि बैंकले भदौ ९ गते सेबोनमा निवेदन दिएको थियो ।
सेबोनले बिहीबार बैंकलाई हकप्रद सेयर निष्कासनका लागि अनुमति दिएको हो । बैंकको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।
यो हकप्रद निष्कासनपछि बैंकको चुक्ता पुँजी बढ्नेछ, जसले वित्तीय अवस्था थप सुदृढ बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।


