Banijya News

नारायणी डेभलपमेन्ट बैंकलाई शतप्रतिशत हकप्रद बिक्री गर्न बोर्डको अनुमति

1
1.1K Shares

नेपाल धितोपत्र बोर्डले नारायणी डेभलपमेन्ट बैंकलाई सतप्रतिशत हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको छ । बैंकले १ बराबर १ को अनुपात आर्थात् हाल कायम चुक्तापुँजी २६ करोड २४ लाख ६७ हजार रुपैयाँबराबरकै हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको हो ।

बैंकले अब प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७७ कित्ता हकप्रद शेयर बिक्री गर्नेछ । हकप्रद बिक्री पश्चात बैंकको चुक्तापुँजी दोब्बर हुनेछ।

​​हकप्रद बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यासटिल लिमिटेड छ ।

1

Scroll to Top