Banijya News

नेरुडे मिर्मिरे लघुवित्तको ६८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

1
1.0K Shares

नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना विद्यमान संस्थापक सेयरधनीहरूका लागि लक्षित गर्दै संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीका संस्थापक सेयरधनी कृष्ण प्रसाद श्रेष्ठ र आई एस एस इन्भेष्टमेन्ट म्यानेजमेन्ट सर्भिसेजको स्वामित्वमा रहेको कुल ६८ हजार १२८ कित्ता सेयर बिक्रीका लागि खुला गरिएको हो।

यो सेयर खरिदका लागि हाल कायम रहेका संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन पाउने कम्पनीले स्पष्ट पारेको छ। उक्त सेयर खरिद गर्न इच्छुक तथा योग्य संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ।

आवेदकहरूले कम्पनीको मध्यपुर थिमी नगरपालिका वडा नं. १, लोकन्थलीस्थित कर्पोरेट कार्यालयमा पुगी आफूले लिन चाहेको सेयर संख्या र मूल्य खुलाएर लिखित जानकारी गराउनुपर्ने संस्थाले जनाएको छ। तोकिएको समयभित्र विद्यमान सेयरधनीहरूबाट आवेदन नपरेमा मात्र यो सेयर सर्वसाधारण वा अन्य लगानीकर्ताका लागि बिक्री प्रक्रिया अघि बढाइनेछ।

1

Scroll to Top