Banijya News

राष्ट्र बैंकद्धारा ‘रेगुलेटरी स्यान्डबक्स’सम्बन्धी मार्गदर्शन जारी

1
1.1K Shares

बैंक तथा वित्तीय संस्था तथा अन्य लाइसेन्सप्राप्त निकायका लागि नेपाल राष्ट्र बैंकले ‘रेगुलेटरी स्यान्डबक्स’सम्बन्धी मार्गदर्शन जारी गर्ने भएको छ । त्यस्ता संस्थाले ल्याउने नयाँ प्रोडक्ट तथा प्रविधिको सञ्चालनको लागि राष्ट्र बैंकले यस्थो मार्गदर्शन ल्याउन लागेको हो ।

राष्ट्र बैंकले उक्त मार्गदर्शनको मस्यौदा तयार गरी सरोकारवालाई सुझावको लागि राखेको छ । आवश्यक सुझावपछि यसलाई लागु गरिने नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक किरण पण्डितले जानकारी दिए ।

कुनै पनि बैंक तथा वित्तीय संस्थाले समय अनुसार नयाँ प्रविधि र प्रोडक्टको लञ्चिङ गरिरहनुपर्छ । अन्तर्राष्ट्रिय परिदृष्य, अनुसन्धान तथा विकास लगायतबाट पत्ता लागेको नयाँ विषय तथा ग्राहकको चाहना तथा आवश्यकताका आधारमा यस्ता प्रविधि र प्रोडक्ट ल्याउनुपर्छ ।

तर, त्यसरी ल्याउने प्रोडक्ट र प्रविधि जोखिमरहित भने हुँदैन । त्यस्तो प्रविधिलाई सिधै लञ्च गर्दा यसले बजारमा नकारात्मक प्रभाव पर्न सक्छ । उदाहरणको लागि कुनै बैंकले नयाँ प्रविधिको मोबाइल बैंकिङ एप्लिकेसन लञ्च गर्‍यो तर यसले काम गरेन भने एकातर्फ त्यसले ग्राहकमा प्रभाव नकारात्मक पर्छ भने अर्कोतिर यसले कानुनी समस्या समेत सिर्जना गर्न सक्छ ।

अर्कोतर्फ सामान्य ग्राहकमा नगईकन कुनै प्रविधिले कसरी काम गर्छ भनेर अनुभव गर्न सकिँदैन । यो कारणले नयाँ इनोभेसनको प्रक्रिया जटिल हुने गरेको छ । यो समस्या समाधानको लागि राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो ।

1

Scroll to Top