Banijya News

१०.५० अकंले घट्यो सेयर बजार, कारोबार रकम पनि घट्यो

1
1.2K Shares

सेयर बजारमा बुधबार १०.५० अकंले घटेको बजार २७८५.७४ बिन्दुमा झरेको छ । आज ३२१ कम्पनीको १ करोड ५८ लाख ४७ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १६ करोडको कारोबार भएको हो ।

आज बजारमा ६ उपसूचकमा हरियाली देखिएपनि ७ उपसूचक भने राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको ०.५९ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.६२ प्रतिशत, हाइडोपावर समूहको ०.२१ प्रतिशतले घटेको छ ।

बुधबार ८९ कम्पनीको सेयरमूल्य बढेको छ भने १५९ कम्पनीको घटेको हो । आज सबैभन्दा धेरै बलेफि हाइड्रोपावरको कारोबार भएको छ । यस कम्पनीको ३४ करोड ११ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावरको २७ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २४ करोडको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै माया खोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.७४ प्रतिशतका दरले कमाएका छन् ।

1

Scroll to Top