Banijya News

सानिमा क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा

1
1.1K Shares

सानिमा क्यापिटल लिमिटेडअन्तर्गत सञ्चालित दुई म्युचुअल फण्डहरुले लाभांश घोषणा गरेका छन् । ‘सानिमा ग्रोथ फण्ड’ र ‘सानिमा लार्ज क्याप फण्ड’ले आव २०८१/८२ को संचित मुनाफाबाट इकाईधनीहरूलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन्। ‘सानिमा ग्रोथ फण्ड’ले १५.७९ प्रतिशत (करसहित) नगद लाभांश प्रस्ताव गरेको छ।

उक्त फण्डले कुल १० करोड ६१ लाख ८९ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

त्यस्तै, ‘सानिमा लार्ज क्याप फण्ड’ले २१.०५ प्रतिशत (करसहित) नगद लाभांश प्रस्ताव गरेको छ। यस फण्डले आफ्ना इकाईधनीहरूलाई २५ करोड २६ लाख ३१ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

1

Scroll to Top