Banijya News

तोलामा छ सय रुपैयाँले घट्यो सुनको भाउ

1
1.2K Shares

नेपाली बजारमा शुक्रबार (साउन ३० गते) सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार, आज सुनको मूल्य तोलाको एक लाख ९६ हजार २०० रुपैयाँ कायम छ । बिहीबार (साउन २९ गते) सुन प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला दुई हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

1

Scroll to Top