Banijya News

रिलायन्स स्पिनिङले कमायो ४७ करोड रूपैयाँ नाफा

1
1.4K Shares

रिलायन्स स्पिनिङले आर्थिक वर्ष २०८१/८२ मा ४७ करोड नाफा पुगेको छ। कम्पनीको बिक्री खर्च कटाएर उत्पादनबाट भएको आम्दानी एक अर्ब ४१ करोड रूपैयाँ पुगेको छ। यसअघि यस्तो आम्दानी ८६ करोड रूपैयाँ मात्रै थियो।

उत्पादन बिक्रीबाट कम्पनीले १० अर्ब २३ करोड आम्दानी गर्दा आठ अर्ब ७५ करोड रूपैयाँ खर्च गरेको छ। यस्तो आम्दानी अघिल्लो वर्ष नौ अर्ब २० करोड र खर्च आठ अर्ब ३४ करोड थियो।

कम्पनीले व्यापारको क्रममा २५ करोड रूपैयाँ तिर्न बाँकी छ भने बजारबाट एक अर्ब ४० करोड रूपैयाँ बराबर उठाउन बाँकी छ। कम्पनीसँग उत्पादनको लागि ल्याइएको कच्चा पद्धार्थ लगायतका दुई अर्ब २० करोड सामाग्रीको भण्डारण छ।

यसअघि दुई अर्ब १६ करोडका यस्ता सामाग्री भण्डारणमा थियो। कम्पनीको प्रतिसेयर आम्दानी दुई रूपैयाँ ९५ पैसाबाट बढेर २७ रूपैयाँ ९० पैसा पुगेको छ। कम्पनीले आइपिओ निष्कासन तयारी गरेको लामो समय वितेपनि धितोपत्र बोर्डबाट स्वीकृति पाउन सकिरहेको छैन।

1

Scroll to Top