पोखरा महानगरपालिका, वडा नं २७, तालचोक, कास्की स्थित माछापुच्छ्रे पोली क्लिनिक एन्ड डाइग्नोष्टिक प्रा.लि र प्रभु बैङ्क लिमिटेड बिच बैङ्कका ग्राहक तथा कर्मचारीहरूलाई उल्लेखित पोली क्लिनिक एन्ड डाइग्नोष्टिक प्रा.लि को स्वास्थ्य सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
माछापुच्छ्रे पोली क्लिनिक एन्ड डाइग्नोष्टिक प्रा.लि का तर्फबाट चिकित्सा निर्देशक डा. प्रकाश भट्टराई र सञ्चालन निर्देशक श्री भावना भण्डारी तथा प्रभु बैङ्क लि.का तर्फबाट तालचोक शाखा प्रबन्धक श्री प्रकाश पौडेलको संयुक्त हस्ताक्षर बिच सम्पन्न भयो । प्रभु बैकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरूले ५% देखी २०% सम्म छुट पाउने भएका छन् । सो छुट सेवा सुविधा माछापुच्छ्रे पोली क्लिनिक एन्ड डाइग्नोष्टिक प्रा.लि मा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौता¬–पत्रमा
ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट पनि सम्मानित भएको छ । त्यसै गरी, ग्राहकहरूको रोजाइको अग्रणी बैङ्कको रूपमा रहेको तथा हालसालै “बैङ्क अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैङ्कका नेपालभर ३१२ शाखा कार्यालयहरू, २८४ एटिएम साथै ६९ एक्सटेन्सन काउन्टर मार्पmत करिब ३५ लाख भन्दा बढी ग्राहकहरूलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैङ्किङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैङ्कले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ । साथै प्रभु बैङ्क फिनाइल


