Banijya News

प्रदेश र स्थानीय तहको ६० अर्ब अनुदान कटौती

1
1.2K Shares

संघीय सरकारले हरेक वर्ष प्रदेश र स्थानीय तहलाई दिने अनुदान कटौती गर्न थालेको छ। आर्थिक वर्ष २०८१-८२ मा प्रदेश र स्थानीय तहलाई छुट्याइएको अनुदानमध्ये ६० अर्ब रूपैयाँ कम पठाइएको अर्थ मन्त्रालयको विवरणले देखाएको छ।

पछिल्लो तीन आर्थिक वर्षमा संघीय सरकारले प्रदेश र स्थानीय तहलाई दिँदै आएको अनुदानमा व्यापक कटौती गर्दा वित्तीय संघीयताको जग नै कमजोर भएको महसुस गरिएको छ।

यो कटौतीले प्रदेश र स्थानीय सरकारहरूलाई कमजोर बनाउनुका साथै विकास निर्माणका कामहरूमा गम्भीर असर पुगेको छ।

पछिल्लो आर्थिक वर्ष २०८१-८२ मा पनि स्थानीय तहलाई विनियोजन गरिएको अनुदानको तुलनामा ४० अर्ब रूपैयाँ कम पठाइएको छ। यो वित्तीय व्यवस्थापनमा देखिएको ठूलो कमजोरीको संकेत हो।

आर्थिक वर्ष २०८०-८१ मा पनि सो तहमा बजेटमा विनियोजन गरिएको तुलनामा ३८ अर्ब रूपैयाँ कम अनुदान पठाइएको थियो।

यसरी हरेक वर्ष अनुदान घट्दै जानुले स्थानीय तहको काम र भुक्तानीमा ठूलो असर पुगेको छ। गत वर्ष स्थानीय तहलाई छुट्याएको तीन खर्ब १३ अर्बमा पनि दुई खर्ब ७३ अर्ब मात्र गएको थियो।

प्रदेशमा पनि ९६ अर्ब ४५ करोड रूपैयाँ विनियोजन गरिएकोमा ७६ अर्ब ७५ करोड रूपैयाँ मात्र पठाइएको छ। स्थानीय तहमा जाने अनुदानका विभिन्न शीर्षकमा पनि कटौती भएको देखिन्छ।

1

Scroll to Top