Banijya News

मेयर हर्क साम्पाङ प्रती समर्पित गीत सार्वजनिक

1
1.5K Shares

धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ प्रती समर्पित नयाँ गीत सार्वजनिक भएको छ। गीतकार तथा ब्रिटिश गोर्खा आर्मीका सदस्य केशव राईको शब्दमा तयार भएको यो गीतको शीर्षक हो ‘हर्क साम्पाङ आए अब देशको विकास हुन्छ’। सार्वजनिक भएको केही समयमै गीतले दर्शक र श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइसकेको छ।

यस गीतलाई वरिष्ठ गायक राई इज किङ (राजेश पायल राई) र चर्चित गायिका सुनिता थेगिमले प्रस्तुत गरेका छन्। संगीत पवन बान्तावा राईले भरेका छन् भने एरेञ्ज राजु कार्कीले गरेका छन्। गीतको भिडियो बिशाल राईले निर्देशन गरेका छन्। ध्रुव राई काइला यस गीतका प्रस्तोता तथा निर्माता रहेका छन्। गीत विशाल चौतारी टिभिको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतकार केशव राईका अनुसार, यो उनका पहिलो गीत होइन। यसअघि पनि उनका गाउँबेसी र आसुको भेल नामक गीतहरु सार्वजनिक भइसकेका छन्।

तर, गीत सार्वजनिक हुने दिनमै नेपाल सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि फेसबुक र युट्युवमा गीतको पहुँच प्रभावित भएको छ।

सामाजिक सञ्जाल र युट्युव नै नेपाली संगीत उद्योगका लागि प्रचार–प्रसार र आम्दानीको मुख्य स्रोत भएकाले यस निर्णयले गीत, संगीत क्षेत्रलाई प्रत्यक्ष प्रभाव पारेको छ।

1

Scroll to Top