आज आइतबार सुनचाँदीको भाउ घटेको छ । शुक्रबार तोलाको २ लाख ५८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज ४ हजार ८ सय रूपैयाँले घटेको हो ।
यस दिन सुन तोलाको २ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको भाउ ७५ रूपैयाँले घटेर ३ हजार २७५ रुपैयाँमा झरेको छ । शुक्रबार एक तोला चाँदीको मूल्य ३ हजार ३५० रुपैयाँ थियो ।


