Banijya News

नेपाल टेलिकमद्वारा विमानस्थलमा फ्री वाईफाई सेवा सुरु

1
1.2K Shares

नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत देशभरका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलमा सर्वसाधारण यात्रुलक्षित फ्री वाईफाई सेवा सुरु गरेको छ ।

सेवा २०८२ कार्तिक ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो चरणमा शुभारम्भ गरिएको हो । नेपाल टेलिकमका प्रबन्ध निर्देशक सविना मास्के र त्रिभुवन विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा Wi-Fi सेवाको उद्घाटन गरेका छन् ।

नयाँ सेवाले आगमन, प्रस्थान, VIP Lounge र प्रतिक्षास्थलजस्ता क्षेत्रहरुमा इन्टरनेट पहुँच प्रदान गर्नेछ ।

देशभरका ३ वटा अन्तर्राष्ट्रिय र ३४ वटा आन्तरिक विमानस्थलमा सञ्चालन हुने यो Free Wi-Fi सेवा प्रयोग गर्न, उपलब्ध SSID NT-CAAN Free WiFi मा कनेक्ट गरी निर्देशनअनुसार सेवा प्रयोग गर्न सकिन्छ ।

1

Scroll to Top