Banijya News

लामो समय रोकिएको धितोपत्र सूचीकरण प्रक्रिया सूचारु

1
1.2K Shares

नेप्सेमा कर्मचारी आन्दोलन र प्रमुख कार्यकारी अधिकृत (सिईओ) कार्यालय उपस्थित नहुँदा लामो समय रोकिएको धितोपत्र सूचीकरण प्रक्रिया सूचारु भएको छ । पछिल्लो समय असोज ९ गते तेह्रथुम पावरको शतप्रतिशत हकप्रद शेयर सूचीकृत भएको थियो । त्यसपछि भने कात्तिक १३ गते दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । बिहीवार लाइफ इन्स्योरेन्स कर्पोरेशनको १० प्रतिशत र एनएलजी इन्स्योरेन्सको २ दशमलव ५० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनले गत असार ३० गते पारित गरेको १० प्रतिशतले हुन आउने ५० लाख कित्ता बोनस शेयर सूचीकृत गराएको हो । बोनस शेयर कर प्रयोजनका लागि कम्पनीले सोही सभाबाट शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश समेत पारित गरेको छ । एनएलजी इन्स्योरेन्सले गत जेठ २९ गते सम्पन्न सभाबाट पारित गरेको २ दशमलव ५० प्रतिशतले हुन आउने ६ लाख २५ हजार ६६४ कित्ता बोनस शेयर सूचीकृत गराएको हो ।

उक्त सभाबाट कमनपीले बोनस शेयर कर प्रयोजनका लागि शुन्य दशमलव १३ प्रतिशत नगद लाभांश समेत पारित गरेको थियो । आगामी आइतवारदेखि कारोबारयोग्य हुने यी शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न पाउनेछन् ।

1

Scroll to Top