कुनै पनि मुलुकमा सैनिक महत्व अत्यन्त बढी हुन्छ । यसको गरिमा ज्यादै उचो हुन्छ । नेपालमा पनि सैनिकप्रति गर्व गर्ने खालका धेरै गतिविधि भएका छन् । यसको गरिमा पनि उच्चस्तरको छ । पछिल्लो समय जेनजी आन्दोलनमा सिंहदरवार र सरकारी सम्पत्ति संरक्षण गर्न नसकेको आरोप लागेपछि आम जनताको अन्तिम भरोसा भनेको नै नेपाली सेना हो । यति हुँदाहुँदै पनि यस संस्थाभित्रको भ्रष्टाचारको घटनाले सेना विवादित हुँदै आएको छ । सेनामा महँगा हतियारदेखि हेलिकप्टर लगायतका सामाग्री खरिदमा बिचौलिया हाबी हुने गरेका छन् । अर्बौँ अर्बको खरिदमा भ्रष्टाचार हुने गरेपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्ने अधिकार नहुँदा सेनामा भएका भ्रष्टाचार वर्षैपिच्छे बढ्दै गएको छ ।
विषेशगरी सेनाको करिब ४९ वर्षअघि सुरु कल्याणकारी कोष परिचालनमा सेनाको नेतृत्व चुक्दै आएको छ । एक खर्ब नागेको सैनिक कल्याणकारी कोष परिचालनमा पछिल्ला घटनाले श्रृखलाबद्ध भ्रष्टाचार भएको घटना बाहिरिदै आएका छन् । यो कोषमा जुनसुकै नयाँ पदाधिकारी आएपनि कोष दोहन गर्ने क्रम रोकिएको छैन् । राजेन्द्र क्षेत्री, पूर्णचन्द्र थापा, प्रभुराम शर्मा हुँदै अहिले अशोकराज सिग्देलसम्म पनि कल्याणकारी कोष दोहन गर्ने क्रम जारी भएको स्रोतले बताएको छ । अझ जेन्जी आन्दोलनपछिको राजनैतिक रिक्ततामा भष्ट्राचार झनै मौलाएको छ । कतिसम्म भने नेपालीहरुको मुख्य चाड भएको मौका छोपी आफ्नो मान्छेलाई टेण्डर पार्नलाई अनुकूलको मापदण्ड बनाएर सेनामा खरीदकार्य गरेको खुल्न आएको छ ।
ठेकेदारसँगको मिलेमतोमा अन्तर्राष्ट्रिय स्तरमा मान्यता पाएका उत्पादनहरूको आधारमा सिफारिस गर्न योग्य नहुँदा नहुँदै पनि पुनः प्राविधिक मूल्यांकनगरी आफ्नै सेटिङको कम्पनीलाई पारिएपछि सेना भित्रै हामिक बिच गाँड कोराकोर हुँदै खैलाबैला मच्चिएको छ । बिशेषत प्रधानसेनापति सिग्देलकै सम्धी यादव कुँवर हावी हुँदै खरीद प्रकृयामा हस्तक्षेप गरी आफू अनुकूलको प्रतिस्पर्धीलाई नै टेण्डर पारेपछि सेनाका उपरथीहरु असन्तुष्ट देखिएका छन् । उनीहरु सहायक रथी भुवन कुँवर, उपरथी अरुण शर्मा, प्रकाश देउजा जस्ता उच्चपदस्थ अधिकृतको भित्र भित्रै कुरा काट्न थालेका छन् । सेना भित्र विवादमा मुछिएका र समाग्री आपूर्तीमा बढी कमाउँनेहरु यिनै पर्ने गरेका छन् । यसको भित्री कारण हो प्रधानसेनापती सिग्देलका सम्धी कुँवर यिनीहरुको आडमा कमाउँधन्दा गर्दे आएका छन् । सैनिक स्रोतका अनुसार सेनाको क्यान्टिन संचालनको टेण्डर आफ्नो ठेकेदारलाई पार्नेदेखि लिएर उपकरण, दवाई खरीदसम्ममा खरीदमा सम्धी कुँवरले एकलौटी सेटिङ गर्ने गरेका छन् । पछिल्लो समय पनि यस्तै घटना बाहिरिएको छ । प्रा. उपरथी कमल विक्रम शाहलाई अगाडि सारेर प्रधानसेनापतिक सम्धी भएका कारण देखाउँदै कुवँरले ठूलै समाग्री खरीदको टेण्डरमा एकलौटी गरेका छन् । टेण्डर खरिदमा एकलौटी मात्र छैन् नेपाली सेनाको जस्तो सस्थामा कमसल सामान समेत भित्रीने भएको छ ।
कार्यालयको खरिद कार्य टेक्का नं. NAWF/EWCEB/NC/MH/CHHAUNI/2082/83/29 अनुसार छाउनी स्थित Construction of Modular OT at Shree Birendra Hospital, Chhauni मा ४८ आइटमका समान खरिदमा मिलेमतो भएको बाहिर आएको छ । २३ करोड माथिका उपकरण खरीदमा आफूनिकटका ठेकेदार लाई पर्ने किसिमको मापदण्ड बनाएर सोही अनुसार टेण्डर हात लगाइएको हो । बोलपत्रका कार्यका लागि अनुभवी र प्राविधिक रूपमा स्थापित कम्पनीहरूद्वारा मात्र परियोजना सम्पन्न गरिनुपर्ने देखिएपनि प्रकाशित सूचिमा समावेश कम्पनीहरू मोड्युलर OT निर्माण क्षेत्रमा स्थापित तथा अनुभवी कम्पनीहरू नभई स्थानीय रूपमा गठन भएका कम्पनीहरूसँग मिलेमतो गरेर आफू अनुकुलको टेक्निकल एसोसियट्स सर्भिसेज प्रा.लि.लाई टेण्डर सेटिङ गरिएको उच्च स्रोतले खुलासा गरेको छ । यो सेटिङमा सम्धी कुँवरले ठूलै गेम खेलेको सैनिक उच्च स्रोतले दाबी गरेको छ ।
टेक्निकल एसोसियट्स सर्भिसेजका समाग्रीहरु गुणस्तरका हिसाबले कमसल खालको निर्माता हुन् । जुनकुरा यि समाग्री निमार्ण कम्पनीले नै राखेको मापदण्डमा स्पष्ट हुन्छ । यतिहुँदा हुँदै पनि कमाउँधन्दालाई निरन्तरता दिँदा सेना भित्र कमसल सामान भित्रने भएका छन् । यस बोलपत्रमा सिफारिस अन्य कम्पनि जस्तै Mitsubishi, Paramount जस्ता प्रतिष्ठित र अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ब्रान्डहरूसँग तुलना गर्दा यसको प्राविधिक गुणस्तर र विश्वसनीयता उल्लेखनीय रूपमा कमजोर देखिन्छ । कमजोर उत्पादन भएपनि सेनाको जस्तो उच्चगरिमा भएको सस्थामा यि बस्तु भित्राइएको छ । यसबाट सम्धी यादव कुँवरले ठूलै मुनाफा निकालेको सैनिक स्रोतले दाबी गरेको छ ।
यसकार्यको विभिन्न स्थानमा उजुरी समेत परेको छ । सो बोलपत्र सम्बन्धी सार्वजनिक खरिद अनुगमन कार्यालय, केसरमहलमा पनि उजुरी परेको देखिन्छ । खरिद अनुगमन कार्यालयले आसोज २४ मा नेपाली सेना, इन्जिनियरिङ्ग वेलफेयर कन्स्ट्रक्सन एक्जिक्युटिभ बोर्डलाई पत्र लेखेको छ । तर, सर्वाजनिक खरिद अनुगमन कार्यालयको पत्रलाई समेत ब्यावस्था गर्दे मिलेमतोको टेण्डर अगाडि बढाएको स्रोतको दाबी छ । उक्त पत्रमा त्यस कार्यलयबाट जारी नमुना बोलपत्र सम्बन्धी कागजातमा रहेको प्रावधानलाई पूर्ण पालना हुनेगरी संसोधन गर्नु भनि दिएको निर्णयको कुनै सुनुवाई नभएको देखिएको छ । यसबाट पनि टेन्डर केवल एउटा कम्पनी वा आपूर्तिकर्तालाई लाभ पुर्याउने गरी तयार गरिएको भन्ने कुरा अझ बल पुर्याएको देखिन्छ ।


