Banijya News

एनपीएलका लागि त्रिवि क्रिकेट मैदानको काम धमाधम

1
1.2K Shares

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एनपीएलका लागि काम अहिले धमाधम भइरहेको छ। यही मंसिरमा हुने एनपीएल भन्दा अघि नै रंगशाला निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको हो।

रंगशालामा प्यारापिट निर्माणको भौतिक प्रगति ९५ प्रतिशत रहेको छ भने फ्लड लाइटको ६ वटै पोल उठाइसकिएको छ। लाइट जडानको काम धमाधम हुँदैछ।

रंगशालामा ४५ मिटर तथा ६० मिटर अग्ला ६ वटा ३०-३० टनका ‘हाइमास्ट लाइट’ जडान भइरहेका छन् अब हुने एनपीएलको दोस्रो संस्करण खेल यहि मंसिर १ गतेबाट सुरु हुँदैछ। यसमा उपाधिका लागि ८ टोलीले प्रतिस्पर्धा गर्दैछन्।

खेल तालिकाअनुसार एनपीएलको खेल त्रिवि क्रिकेट रंगशालामा फ्लडलाइटमा पनि खेलिने भएको छ। तालिकाअनुसार एनपीएलको लिग चरणका १९ खेल फ्लडलाइटमा खेलिनेछ र प्लेअफका ३ तथा फाइनल खेल फ्लड लाइटमा हुनेछ।

1

Scroll to Top