हिमालयन डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार कम्पनीको बिक्री आम्दानी र खुद नाफा दुवैमा उल्लेखनीय गिरावट देखिएको छ ।
गत आर्थिक वर्षको असोज मसान्तसम्म १ अर्ब ४८ करोड रुपैयाँ बिक्री आम्दानी गरेको कम्पनीले यस वर्ष सोही अवधिमा १ अर्ब ७ करोड रुपैयाँ मात्र आम्दानी गरेको छ । यो २७.६४ प्रतिशतको कमी हो ।
बिक्री घटेसँगै खुद नाफामा पनि ठूलो धक्का लागेको छ । गत वर्ष १९ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा यसपटक ५४.६१ प्रतिशतले घटेर ९ करोड २ लाख रुपैयाँमा झरेको छ ।
प्रतिशेयर आम्दानी (ईपीएस) पनि १८ रुपैयाँ २ पैसाबाट घटेर ११ रुपैयाँ ७५ पैसामा सीमित भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) १११.५२ गुणा पुगेको छ ।
३ अर्ब ७ करोड ३४ लाख रुपैयाँ चुक्ता पूँजी भएको यस कम्पनीको जगेडा कोषमा १ अर्ब १८ करोड रुपैयाँ सञ्चित छ ।


