पोखरा एभेन्जर्ससँग सहकार्य गर्दै टेनप्लास्ट र टेनस्टिलले सामुदायिक प्रभावलक्षित ‘टेनप्लास्ट इम्प्याक्ट क्याम्पेन’ सुरु गरेका छन् ।
यसको उद्देश्य खेल मैदानमा बनेका स्कोरलाई प्रत्यक्ष रूपमा समाजमा उपयोगी सहयोगमा रूपान्तरण गर्नु रहेको कम्पनीले जनाएको छ ।
अभियानअनुसार पोखरा एभेन्जर्सले खेलेका बाउड्री र जितसँगै पानीट्यांकी वितरण गरिनेछ ।
कम्पनीका अनुसार, प्रत्येक चौकामा ३०० लिटर टेनप्लास्ट वाटर ट्यांक, हरेक छक्कामा ५०० लिटर वाटर ट्यांक र टोलीले जितेको प्रत्येक खेलमा एक हजार लिटर वाटर ट्यांक प्रदान गरिनेछ ।
कम्पनीका अनुसार, यी ट्यांक स्वच्छ पानी अभाव रहेका समुदाय, विद्यालय तथा स्थानीय संरचनामा उपलब्ध गराइनेछ ।
संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)लाई व्यावहारिक समाधानसँग जोड्ने प्रयासस्वरूप यसलाई महत्त्वपूर्ण पहलका रूपमा लिइएको कम्पनीले जनाएको छ ।


