Banijya News

भूमिसम्बन्धी अध्यादेश राष्ट्रपतिबाट स्वीकृति रोकिँदा अलपत्र

1
1.2K Shares

भूमि सम्वन्धि ऐन २०२१ नवौँ संशोधन गर्ने सम्वन्धि अध्यादेश जारी गर्नको लागि सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको एक साता भइसकेको छ । तर, राष्ट्रपतिबाट अझै त्यो अध्यादेश स्वीकृत भएको छैन ।

सरकारले गत सोमबार भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधनका लागि अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सोही अनुरुप अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको हो ।

निर्वाचन प्रयोजनका लागि आवश्यक कानुनी व्यवस्था गर्न पठाइएका अध्यादेश बाहेक अन्य अध्यादेश स्वीकृत नगर्ने नीति अनुसार भूमिसम्बन्धी अध्यादेश पनि अहिलेसम्म विचाराधीन अवस्थामा राखिएको छ ।

मन्त्रीपरिषद्वारा पारित भएको उक्त अध्यादेश राष्ट्रपतिबाट जारी भएर राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने छ । सरकारले केही हाउजिङहरुको गुणस्तरमा प्रश्न उठेपछि २०७६ सालमा भूमिसम्बन्धी ऐन संशोधन गरी घर जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले हदभित्रको जग्गामा घडेरी वा त्यस्तो घडेरीमा घर वा आवास इकाइ (अपार्टमेन्ट) निर्माण गरेर बेच्न रोक लगाएको थियो । त्यसैले एक सय भन्दा बढी घर जग्गा व्यवसायीहरु र उनीहरुबाट जग्गा वा अपार्टमेन्ट लिएर नाम सारी गर्न नपाएका सर्वसाधारण समस्यामा परेका थिए ।

सरकारले अध्यादेश ल्याएसँगै सर्वसाधारणले राहत पाउने हुँदा यसले ऋनय क्षेत्रलाई पनि सकरात्मक प्रभाव पार्ने व्यवसायीहरु बताउँछन् ।

1

Scroll to Top