Banijya News

नेपाल भारत नीति विमर्श

1
1.0K Shares

नेपाल र भारतबिचको सम्बन्ध विशिष्ट रहेको बताइएको छ । नीति अनुसन्धान प्रतिष्ठान (नेनाप)ले आजदेखि आयोजना गरेको तीन दिने नेपाल भारत नीति विमर्श कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दे प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सभापति सुम्निमा उदासले दुई देशबिचको सम्बन्ध शताब्दीयौँको साझा इतिहास र सांस्कृतिक अनुभवले स्वतः निर्माण गरेको गहिरो भावनात्मक भएको बताइन् ।

राष्ट्रिय योजना आयोगका सदस्य डा देवेन्द्र गौचनले नेपालले आफ्ना विकास लक्ष्य हासिल गर्ने क्रममा भारतले प्राप्त गरेका अनुभव, अपनाएका नीति तथा विकासका सफल अभ्यासबाट महत्त्वपूर्ण शिक्षा लिन सक्ने भनाइ राखे ।

केन्द्रीय संस्कृत विश्वविद्यालय, भारतका कुलपति प्रा श्रीनिवास वरखेडीले नेपाल र भारतबिचको सम्बन्ध केवल प्राचीन मात्र नभई सनातन अर्थात् शाश्वत रहेको बताए । दुवै राष्ट्र यस अविच्छिन्न सांस्कृतिक र सभ्यतागत परम्पराका उत्तराधिकारी रहेको उनको भनाइ थियो ।

प्रतिष्ठानका अध्यक्ष सह प्राडा प्रेमराज न्यौपानेले नेपाल र भारतबिच विद्यमान लामो मित्रता, आत्मीयता र सद्भावलाई कसरी ठोस तथा अर्थपूर्ण उपलब्धिमा रूपान्तरण गर्न सकिन्छ भन्नेमा जोड दिनकै लागि सम्मेलन आयोजना गरिएको बताए ।

प्रतिष्ठानका निर्देशक डा दीपककुमार अधिकारीले साझा सांस्कृतिक तथा सभ्यतागत विरासतमा दुवै देश आधारित रहेको बताए ।

1

Scroll to Top