नेकपा (एमाले)ले आगामी २१ फागुनमा हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फका उमेदवारहरूको बन्दसूची पारित गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सूची पारित गरेको हो ।
बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकतर्फका उमेदवारहरूको बन्दसूची प्रस्तुत गरेका थिए । सूचीमा खुलातर्फ एक नम्बरमा गुरु बरालको नाम राखिएको छ । बराल ११औँ महाधिवेशनमा उपाध्यक्षमा पराजित भएका थिए ।
त्यस्तै, महिलातर्फ पार्टी सचिव पद्मा अर्यालयको नाम राखिएको छ ।


