नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिना (मंसिर मसान्तसम्म) को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्षको ५ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति (महँगी) १.६३ प्रतिशतमा सीमित भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०५ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.०५ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ ।
मुद्रास्फीति
उपभोक्ता मुद्रास्फीति
२०८२ मङ्सिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.६३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.०५ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेव समूहका मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ९.९९ प्रतिशत र ३.९२ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८२/८३ को पाँच महिनाको औसत मुदास्फीति १.५५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.८९ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.५२ प्रतिशत, गैर–मदिराजन्य पेय पदार्थको ३.५६ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको २.४४ प्रतिशतले बढेको छ । तरकारी उप(समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ८.५४ प्रतिशत, मरमसलाको ८.४३ प्रतिशत र दाल तथा गेडागुडीको ५.७९ प्रतिशतले घटेको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १८.५६ प्रतिशत, शिक्षाको ७.५६ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ५.२९ प्रतिशत, सुर्तीजन्य पदार्थको ४.१५ प्रतिशत र मदिराजन्य पेय पदार्थको ३.८५ प्रतिशतले बढेको छ ।
बीमा तथा वित्तीय सेवा उप–समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.२३ प्रतिशतले घटेको छ । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.०९ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.८३ प्रतिशतले बढेको छ ।
प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २.५४ प्रतिशत, मधेश प्रदेशको २.०१ प्रतिशत, बागमती प्रदेशको १.४८ प्रतिशत, गण्डकी प्रदेशको १.०८ प्रतिशत, लुम्बिनी प्रदेशको १.६७ प्रतिशत, कर्णाली प्रदेशको १.०९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ०.४० प्रतिशत रहेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.९५ प्रतिशत, तराईको १.७१ प्रतिशत, पहाडको १.३६ प्रतिशत र हिमालको १.४७ प्रतिशत रहेको छ ।
थोक मुद्रास्फीति
२०८२ मङ्सिर महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति २.७८ प्रतिशत रहेको छ । अघिल्लो वर्षकोे सोही महिनामा यस्तो मुद्रास्फीति ६.५२ प्रतिशत रहेको थियो ।
समीक्षा महिनामा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति ०.४१ प्रतिशत रहेको छ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः ४.२७ प्रतिशत र २.०९ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क ४.५२ प्रतिशतले बढेको छ ।
बाह्य क्षेत्र
वैदेशिक व्यापार
आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा कुल वस्तु निर्यात ५८.२ प्रतिशतले वृद्धि भई रु.११६ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा १६.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः ८२.७ प्रतिशत र ५.५ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यातमा ७३.३ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पललगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलालगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा कुल वस्तु आयात १५.८ प्रतिशतले वृद्धि भई रु.७६६ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३.० प्रतिशतले वृद्धि भएको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयातमा क्रमशः ५.७ प्रतिशत, २४.६ प्रतिशत र ४०.८ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, सुन, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, चाँदीलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, लसुन, खाने तेल, तेलहन, दाललगायतका वस्तुको आयात घटेको छ ।
आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा कुल वस्तु व्यापार घाटा १०.५ प्रतिशतले वृद्धि भई रु.६४९ अर्ब ६८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १.५ प्रतिशतले वृद्धि भएकोे थियो । समीक्षा अवधिमा निर्यात आयात अनुपात १५.२ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.१ प्रतिशत रहेको थियो ।समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.६९ अर्ब ४५ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.७२ अर्ब ८४ करोड बराबरको भएको थियो ।
वैदेशिक व्यापारको संरचना
बृहत् आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुकोे अनुपात क्रमशः ६९.८ प्रतिशत, २९.६ प्रतिशत र ०.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुुपात क्रमशः ५५.० प्रतिशत, ४४.१ प्रतिशत र ०.९ प्रतिशत रहेको थियो ।समीक्षा अवधिमा भएको कुल आयातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुपात क्रमशः ३८.० प्रतिशत, ५२.९ प्रतिशत र ९.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरू क्रमशः ४२.५ प्रतिशत, ४८.८ प्रतिशत र ८.७ प्रतिशत रहेको थियो ।
निर्यात–आयात मूल्य सूचकाङ्क
वार्षिक विन्दुगत आधारमा २०८२ मङ्सिर महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्कमा (Unit Value Index) ०.४ प्रतिशतले वृद्धि भएको छ भने आयात मूल्य सूचकाङ्कमा १.१ प्रतिशतले वृद्धि भएको छ । २०८२ मङ्सिर महिनामा व्यापारको सर्त (Terms of Trade) ०.७ प्रतिशतले घटेको छ ।
सेवा
समीक्षा अवधिमा खुद सेवा आय रु.३६ अर्ब ५४ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.२६ अर्ब ६७ करोडले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ३.७ प्रतिशतले कमी आई रु.३३ अर्ब ९७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.३५ अर्ब २६ करोड रहेको थियो । समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ५.३ प्रतिशतले वृद्धि भई रु.८८ अर्ब ९७ करोड पुगेको छ । यसमध्ये शिक्षातर्पmको व्यय रु.५६ अर्ब ५२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.८४ अर्ब ५० करोड रहेकोमा शिक्षातर्फको व्यय रु.४७ अर्ब ४५ करोड रहेको थियो ।
विप्रेषण आप्रवाह
आर्थिक वर्ष २०८२र८३ को पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई रु.८७० अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले बढेको थियो । २०८२ मङ्सिर महिनामा विप्रेषण आप्रवाह रु. १८३ अर्ब १८ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. ११८ अर्ब ७९ करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. ९५४ अर्ब ७८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.७०० अर्ब ४३ करोड रहेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १,७५,५९१ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १,६३,९२४ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १,९०,३८४ र १,३५,४२५ रहेको थियो ।
चालु खाता एवम् शोधनान्तर स्थिति
समीक्षा अवधिमा चालु खाता रु.३५८ अर्ब ८३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.१५८ अर्ब ४५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १८ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ५४ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु.७ अर्ब ६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर रु. ३ अर्ब ५० करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा रु.७ अर्ब ४७ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु.६ अर्ब ३ करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.४२१ अर्ब ८९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.२२५ अर्ब ३४ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६८ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ९८ करोडले बचतमा रहेको छ ।
कुल विदेशी विनिमय सञ्चिति
२०८२ असार मसान्तमा रु.२६७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १९.६ प्रतिशतले वृद्धि भई २०८२ मङ्सिर मसान्तमा रु .३२०१ अर्ब ४७ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ मङ्सिर मसान्तमा १३.५ प्रतिशतले वृद्धि भई २२ अर्ब १३ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा रु.२४१४ अर्ब ६४ करोड रहेकोमा २०८२ मङ्सिर मसान्तमा १८.७ प्रतिशतले वृद्धि भई रु.२८६६ अर्ब ४७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा रु.२६३ अर्ब ४ करोड रहेकोमा २०८२ मङ्सिर मसान्तमा २७.४ प्रतिशतले वद्धि भई रु.३३५ अर्ब कायम भएको छ । २०८२ मङ्सिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.२ प्रतिशत रहेको छ ।
सञ्चिति पर्याप्तता सूचक
आर्थिक वर्ष २०८२र८३ को पाँच महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.७ महिनाको वस्तु आयात र १८.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ मङ्सिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५२.४ प्रतिशत, १५१.९ प्रतिशत र ३९.४ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।
कच्चा पेट्रोलियम एवम् सुनको मूल्य
अन्तर्राष्ट्रिय बजारमा २०८१ मङ्सिर मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ७४.८९ रहेको कच्चा पेट्रोलियम (Crude Oli Brent) को मूल्य २०८२ मङ्सिर मसान्तमा १७.८ प्रतिशतले कमी आई अमेरिकी डलर ६१.५५ कायम भएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०८१ मङ्सिर मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर २६५९.०५ रहेकोमा २०८२ मङ्सिर मसान्तमा ६२.३ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ४३१५.८५ पुगेको छ ।
विनिमय दर
२०८२ असार मसान्तको तुलनामा २०८२ मङ्सिर मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ५.१ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.५ प्रतिशतले अवमूल्यन भएको थियो । २०८२ मङ्सिर मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.१४४.३७ पुगेको छ । २०८२ असार मसान्तमा उक्त विनिमय दर रु.१३७.०० रहेको थियो ।
सरकारी वित्त स्थिति
नेपाल सरकार
खर्च तथा राजस्व
नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष २०८२र८३ को पाँचौँ महिनासम्ममा नेपाल सरकारको कुल खर्च रु.५६४ अर्ब ४६ करोड रहेको छ । समीक्षा अवधिमा चालु खर्च रु.३९८ अर्ब ५ करोड, पुँजीगत खर्च रु.३३ अर्ब ८७ करोड र वित्तीय व्यवस्था खर्च रु.१३२ अर्ब ५४ करोड रहेको छ । समीक्षा अवधिमा नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.४०६ अर्ब ३० करोड पुगेको छ । यसअन्तर्गत कर राजस्व रु.३८२ अर्ब २३ करोड र गैरकर राजस्व रु.२४ अर्ब ७ करोड परिचालन भएको छ ।
नेपाल सरकारको नगद मौज्दात
२०८२ मङ्सिर मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा रु.२५३ अर्ब २ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८२ असार मसान्तमा यस्तो मौज्दात रु.१३० अर्ब ७३ करोड रहेको थियो ।
प्रदेश सरकार
खर्च तथा राजस्व
समीक्षा अवधिमा प्रदेश सरकारहरूको कुल खर्च रु.२९ अर्ब १ करोड र स्रोत परिचालन रु.७४ अर्ब ८४ करोड रहेको छ । प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु.५७ अर्ब ५१ करोड र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु.१७ अर्ब ३२ करोड रहेको छ ।
मौद्रिक स्थिति
मुद्राप्रदाय
आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा विस्तृत मुद्राप्रदाय ३.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ३.३ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ मङ्सिर मसान्तमा विस्तृत मुद्राप्रदाय १२.९ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा÷नोक्सान समायोजित) रु.४२१ अर्ब ८९ करोड (१५.८ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु.२२५ अर्ब ३४ करोड (११.३ प्रतिशत) ले बढेको थियो । समीक्षा अवधिमा सञ्चित मुद्रा ३.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा १०.९ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ मङ्सिर मसान्तमा सञ्चित मुद्रा १.४ प्रतिशतले बढेको छ ।
मौद्रिक क्षेत्रको आन्तरिक दाबी
आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा कुल आन्तरिक दाबी ०.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्र्षको सोही अवधिमा यस्तो दाबी १.६ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ मङ्सिर मसान्तमा यस्तो दाबी ४.१ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको सरकारमाथिको खुद दाबी १६.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी १०.८ प्रतिशतले घटेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ मङ्सिर मसान्तमा यस्तो दाबी ९.२ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी २.६ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दाबी ४.५ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ मङ्सिर मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ६.२ प्रतिशतले बढेको छ ।
निक्षेप परिचालन
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.९ प्रतिशत (रु.२८१ अर्ब ८९ करोड) ले वृद्धि भई रु.७५४५ अर्ब ७७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २.७ प्रतिशत (रु.१७२ अर्ब ३२ करोड) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.९ प्रतिशतले बढेको छ ।
२०८२ मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.४ प्रतिशत, ३९.९ प्रतिशत र ४४.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.३ प्रतिशत, ३३.६ प्रतिशत र ५३.१ प्रतिशत रहेको थियो ।
२०८२ मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.३ प्रतिशत रहेको छ । २०८१ मङ्सिर मसान्तमा यस्तो निक्षेपको अंश ३५.८ प्रतिशत रहेको थियो ।
कर्जा प्रवाह
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशत (रु.१०२ अर्ब २४ करोड) ले बढी रु.५५९९ अर्ब ९५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.१७८ अर्ब २९ करोड (३.५ प्रतिशत) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.६ प्रतिशतले बढेको छ ।
२०८२ मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.१ प्रतिशत र ३५.९ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको २.० प्रतिशत, विकास बैंकहरूकोे ०.८ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह १.२ प्रतिशतले बढेको छ ।
२०८२ मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर कृषिजन्य वस्तु) को सुरक्षणमा १४.९ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६४.४ प्रतिशत रहेको छ । २०८१ मङ्सिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १३.५ प्रतिशत र ६६.१ प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फको कर्जा ५.२ प्रतिशत, उपभोग्य क्षेत्रतर्फको कर्जा ५.१ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ३.५ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.५ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.४ प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा र वित्त विमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये हायर पर्चेज कर्जा ६.१ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ५.७ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.७ प्रतिशत, क्यास क्रेडिट कर्जा २.६ प्रतिशत, आवधिक कर्जा १.२ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा १.० प्रतिशत, र ट्रष्ट रिसिट (आयात) कर्जा ०.९ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ५.४ प्रतिशतले घटेको छ ।
तरलता व्यवस्थापन
समीक्षा अवधिमा निक्षेप सङ्कलन बोलकबोलमार्फत रु.१३४८ अर्ब, स्थायी निक्षेप सुविधामार्फत रु.२३,२८५ अर्ब ३० करोड गरी कुल रु.२४,६३३ अर्ब ३० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन र ओभरनाइट तरलता सुविधामार्फत रु.१२ अर्ब २५ करोड तरलता प्रवाह गरी खुद रु.२४,६२१ अर्ब ५ करोड बराबरको तरलता प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरूमार्फत पटक–पटक गरी खुद रु.१२,४४४ अर्ब १० करोड तरलता प्रशोचन गरिएको थियो ।
समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर २ अर्ब ९० करोड खुद खरिद गरी रु.४१० अर्ब २९ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब २३ करोड खुद खरिद गरी रु.२९९ अर्ब ९५ करोड तरलता प्रवाह गरेको थियो ।
समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब ६६ करोड बिक्री गरी रु.२३५ अर्ब १० करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब ६४ करोड बिक्री गरी रु.२२१ अर्ब १ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।
अन्तरबैंक कारोबार
आर्थिक वर्ष २०८२र८३ को पाँच महिनामा वाणिज्य बैंकहरूको रु.३४४ अर्ब ७१ करोड र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरूबीच बाहेक) को रु.७२ अर्ब २९ करोड गरी कुल रु.४१७ अर्बको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको रु.६०८ अर्ब ५५ करोड र अन्य वित्तीय संस्थाहरूको रु.७८ अर्ब ८१ करोड गरी कुल रु.६८७ अर्ब ३६ करोडको अन्तर बैंक कारोबार भएको थियो ।
ब्याजदर
२०८१ मङ्सिरमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर २.८५ प्रतिशत रहेकोमा २०८२ मङ्सिरमा उक्तदर २.३७ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २०८१ मङ्सिरमा ३.०० प्रतिशत रहेकोमा २०८२ मङ्सिरमा २.७४ प्रतिशत रहेको छ ।
२०८२ मङ्सिरमा वाणिज्य बैंकहरूको औसत आधार दर ५.३८ प्रतिशत, विकास बैंकहरूको ७.६० प्रतिशत र वित्त कम्पनीहरूको ८.१९ प्रतिशत रहेको छ । २०८१ मङ्सिरमा वाणिज्य बैंकहरूको औसत आधार दर ६.८२ प्रतिशत, विकास बैंकहरूको ८.६५ प्रतिशत र वित्त कम्पनीहरूको ९.७७ प्रतिशत रहेको थियो ।
२०८२ मङ्सिरमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.६६ प्रतिशत, विकास बैंकहरूको ४.२१ प्रतिशत र वित्त कम्पनीहरूको ५.३१ प्रतिशत रहेको छ । २०८१ मङ्सिरमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.७८ प्रतिशत, विकास बैंकहरूको ५.७५ प्रतिशत र वित्त कम्पनीहरूको ६.७० प्रतिशत रहेको थियो । त्यसैगरी, २०८२ मङ्सिरमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ७.२६ प्रतिशत, विकास बैंकहरूको ८.४९ प्रतिशत र वित्त कम्पनीहरूको ९.९१ प्रतिशत रहेको छ । २०८१ मङ्सिरमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ८.९० प्रतिशत, विकास बैंकहरूको १०.२६ प्रतिशत र वित्त कम्पनीहरूको ११.४८ प्रतिशत रहेको थियो ।
वित्तीय पहुँच
२०८२ मङ्सिर मसान्तमा यस बैंकबाट २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५१ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरी जम्मा १०६ वटा बैंक तथा वित्तीय संस्थाहरूले इजाजतपत्रप्राप्त गरी सञ्चालनमा रहेका छन् । २०८२ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरू (लघुवित्त वित्तीय संस्थासमेत) को शाखा सङ्ख्या ११,५२६ रहेकोमा २०८२ मङ्सिर मसान्तमा ११,५१९ रहेको छ । २०८२ मङ्सिर मसान्तमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामा रहेका निक्षेप खाताहरूको सङ्ख्या ६ करोड १५ लाख ५१ हजार ९८७ रहेको छ भने कर्जा खाताहरूको सङ्ख्या २० लाख १२ हजार ९९४ रहेको छ ।
वित्तीय सबलता सूचक
२०८२ मङ्सिर मसान्तमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूबाट प्राप्त प्रारम्भिक तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाको औसत प्राथमिक पुँजी तथा पुँजीकोषको जोखिम भारित सम्पत्तिको अनुपात क्रमशः ९.७२ प्रतिशत र १२.८२ प्रतिशत रहेको छ ।
त्यसैगरी, बैंक तथा वित्तीय संस्थाहरूको खुद तरल सम्पत्ति तथा निक्षेपको अनुपात ३५.२१ प्रतिशत रहेको छ । २०८२ असोज मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निष्क्रिय कर्जा अनुपात ५.२६ प्रतिशत रहेको छ ।
विद्युतीय कारोबार
२०८२ मङ्सिरमा डेबिट कार्ड प्रयोगकर्ताहरूले १ करोड कारोबारमार्फत रु.७७ अर्ब २२ करोड बराबरको कारोबार गरेका छन् । त्यसैगरी, मोबाइल बैंकिङअन्तर्गत ६ करोड ३१ लाख कारोबारमा रु ५१६ अर्ब ४९ करोड कारोबार भएको छ । क्यु–आर कोड भुक्तानीअन्तर्गत ४ करोड २१ लाख कारोबारमार्पmत रु ११७ अर्ब ७९ करोड कारोबार भएको छ ।
पुँजी बजार
२०८१ मङ्सिर मसान्तमा २६८२.२९ रहेको नेप्से सूचकाङ्क २०८२ मङ्सिर मसान्तमा २६०१.६२ कायम भएको छ । २०८२ मङ्सिर मसान्तमा धितोपत्र बजार पँुजीकरण रु.४३६८ अर्ब १७ करोड कायम भएकोे छ । २०८१ मङ्सिर मसान्तमा बजार पुँजीकरण रु.४४४९ अर्ब ११ करोड रहेको थियो । २०८१ को मङ्सिर मसान्तमा बजार पुँजीकरण कुल गार्हस्थ्य उत्पादनको ७७.९३ प्रतिशत रहेकोमा २०८२ मङ्सिरमा ७१.५२ प्रतिशत रहेको छ ।
२०८२ मङ्सिर मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २८५ पुगेको छ । सूचीकृत कम्पनीहरूमध्ये १३३ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९७ जलविद्युत् कम्पनी, २६ उत्पादन तथा प्रशोधन उद्योग, ८ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र १० अन्य समूहका रहेका छन् । २०८१ मङ्सिरमा सूचीकृत कम्पनीहरूको सङ्ख्या २६७ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५२.५ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.२ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.४ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ६.५ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ४.९ प्रतिशत, होटेलको हिस्सा ३.१ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा १०.४ प्रतिशत रहेको छ । टट। नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा २०८२ मङ्सिर मसान्तमा सूचीकृत ९ अर्ब ११ करोड सेयरको चुक्ता मूल्य रु.८९६ अर्ब ६० करोड रहेको छ ।
आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा रु.२१ अर्ब ९६ करोड बराबरको साधारण सेयर, रु.७ अर्ब ४६ करोड बराबरको हकप्रद सेयर, रु.६ अर्ब २५ करोड बराबरको म्युचुअल फन्ड, रु.३ अर्ब ४० करोड बराबरको डिबेन्चर, रु.३ अर्ब २४ करोड बराबरको बोनस सेयर र रु.९२ करोड ५० लाख बराबरको एफपीओ गरी कुल रु.४३ अर्ब २४ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.११ अर्ब ८३ करोड बराबरको म्युचुअल फण्ड, रु.५ अर्ब १५ करोड बराबरको साधारण सेयर र रु.३ अर्ब ७८ करोड बराबरको हकप्रद सेयर गरी कुल रु.२० अर्ब ७५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।
https://drive.google.com/file/d/1NoI1_ElXmvlO16PktPjdwWMG1LCm2VxO/view?pli=1


