Banijya News

भक्तपुर क्षेत्र नम्बर २ का दुई जना उम्मेदवारविरूद्ध उजुरी

1
1.1K Shares

भक्तपुर क्षेत्र नम्बर २ का दुई जना उम्मेदवारविरूद्ध उजुरी परेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री र नेपाल जनसेवा पार्टीका उम्मेदवार जानुका पाठकविरूद्ध उजुरी परेको निर्वाचन अधिकृत राधिका सुवालले बताइन्। खत्रीविरूद्ध नेपाल स्काउटको ९५ हजार रूपैयाँ बेरूजु रकम बाँकी रहेको र पाठकविरूद्ध नागरिकता प्रतिलिपिमा फरक विवरण रहेको भन्दै नविन कुमार महतले उजुरी हालेको निर्वाचन अधिकृत सुवालले जानकारी दिए।

दुई जनाविरूद्ध परेको उजुरीको बिहिबार छानबिन हुने उनले बताए। दुई पक्षलाई बोलाएर यो विषयमा सोधपुछ गर्ने र उजुरी परेका उम्मेदवारहरू पनि प्रमाणसहित उपस्थिति हुन आग्रह गरिएको निर्वाचन अधिकृत सुवालले जानकारी दिए। बिहिबार पाँच बजेभित्र उजुरीको निष्कर्ष निकालिने बताइएको छ।

1

Scroll to Top