Banijya News

टी–२० विश्वकपका लागि पाकिस्तानकाे टाेली घाेषणा

1
1.1K Shares

आसन्न टी–२० विश्वकपका निम्ति पाकिस्तानले सलमान अली आघाको कप्तानीमा टिम घोषणा गरेको छ । पाकिस्तानी टिममा शीर्ष क्रमका ब्याटर बाबर आजमले पुनरागमन गरेका छन् । यसअघि पाकिस्तानले एसीसी एसिया कपमा आजम र मोहम्मद रिजवानलाई बाहिर राख्दै राष्ट्रिय टिम घोषणा गरेको थियो । यस टिममा ओपनर रिजवान भने अटाउन सकेनन् ।

पाकिस्तानको राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक अकिव जावेदले विश्वकपको निम्ति सलमान अली आघाको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेका हुन् । विश्वकपमा पाकिस्तानले सहभागिता जनाउने कि नजनाउने पक्का भइसकेको छैन । मुख्य प्रशिक्षक जावेदले सहभागिता जनाउने वा नजनाउने सरकारको निर्णय गर्ने र आफूहरू निर्णयको निम्ति प्रतीक्षारत रहेको बताएका छन् ।

“हाम्रो जिम्मेवारी भनेको राष्ट्रिय टिम घोषणा गर्नु हो । हामीले डेडलाइनको निक्कै नजिक हुँदा टिम सार्वजनिक गरेका छौँ । प्रतियोगिता खेल्ने/नखेल्ने सरकारले निर्णय गर्नेछ । मैले त्यसमा कुनै प्रतिकृया जनाउन सक्दिन । क्रिकेट बोर्डका अध्यक्षले पपनि यही भनेका छन् । अब निर्णयको निम्ति प्रतीक्षा गर्नेछौँ,” जावेदले भने ।

यसअघि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अध्यक्ष मोहसिन नाक्वीले शनिबार प्रतियोगितामा सहभागिता जनाउने वा नजनाउने सरकारले निर्णय गर्ने जनाएका थिए । पछिल्लो समय राजनीतिक खिचातानीका कारण पाकिस्तान र भारतले दुवैले घरेलु मैदानमा खेलेका छैनन् । एक अर्काेको देशमा खेल खेल्न नचाहेका कारण यी दुईबीचको खेल तटस्थ मैदानमा सञ्चालन हुँदै आएको थियो ।

टिम

सलमान आघा (कप्तान), अब्रार अहमद, बाबर आजम, फहिम असरफ, फखर जमान, ख्वाजा नाफे (विकेटकिपर), मोहम्मद नवाज, सलमान मिर्जा, नसिम साह, साहिबजादा फरहान (विकेटकिपर), सैम अयुब, साहिनसाह अफ्रिदी, सदाब खान, उस्मान खान (विकेटकिपर) ।

1

Scroll to Top