Banijya News

१० प्रतिशत लाभांश वितरण गर्दै स्वाभिमान लघुवित्त

1
1.1K Shares

स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने भएको छ । कम्पनीकोले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट लाभांश वितरण गर्ने निर्णयगरेसँगै लगानीकर्ताहरूले १० प्रतिशत लाभांश पाउने भएका हुन् ।

कम्पनीको गत शुक्रबार बसेको सञ्चालक समितिको ११४औँ बैठकले आर्थिक बर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरूलाई हाल कामय चुक्ता पुँजी १५ करोड ३४ लाख ४५ हजार ५०९ रुपैयाँबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  लघुवित्तकले ९.५० प्रतशितले हुन आउने १ करोड ४५ लाख ७० हजार ३२३.३६ रुपैयाँ बोनस सेयर र कर प्रयोजनार्थ नगद लाभांश ०.५० प्रतिशतले हुन आउने नगद लाभांश ७ लाख ६७ हजार २२७.५५ रुपैयाँ नगद गरी कुल १० प्रतिशत अर्थात १ करोड ५३ लाख ४४ हजार ५५०.९० रुपैयाँ बराबर लाभांश वितरण गर्ने जनाएको छ । 

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताहरूको खातामा जानेछ । 

1

Scroll to Top