Banijya News

भक्तपुरका दुवै क्षेत्रमा रास्वपाको क्लिन स्वीप

1
1.1K Shares

प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत भक्तपुरका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्। भक्तपुर–१ मा रास्वपाका रुकेश रन्जित ३३ हजार ४३६ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी प्रेम सुवाल (नेपाल मजदुर किसान पार्टी) ले २८ हजार १४७ मत प्राप्त गरे। त्यस्तै किरण न्यौपाने (नेपाली कांग्रेस) ले ४ हजार २८२ मत र सोम प्रसाद मिश्र (नेकपा एमाले) ले ३ हजार ७२१ मत प्राप्त गरे।

यसैगरी भक्तपुर–२ मा रास्वपाका राजीव खत्री ४२ हजार ३३३ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महेश बस्नेत ले १० हजार ७१७ मत प्राप्त गरे भने कांग्रेसका कबिर राना ले ८ हजार ३०५ मत पाए। यससँगै भक्तपुरका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा रास्वपाले विजय हासिल गर्दै क्लिन स्वीप गरेको हो ।

1

Scroll to Top