Banijya News

समानुपातिकतर्फ १ करोड २ लाख मत गणना, रास्वपा अगाडि हुँदा अन्य दलले कति पाए ?

1
1.1K Shares

समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई लाख पाँच हजार ६२५ मत गणना भएको छ। बिहान ५ः३० बजेसम्मको विवरण अनुसार विभिन्न राजनीतिक दलले प्राप्त गरेको मत सार्वजनिक भएको छ।

निर्वाचन आयोगले उपलब्ध गराएको तथ्यांक अनुसार समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा अगाडि देखिएको छ। रास्वपाले हालसम्म ४९ लाख २४ हजार ७४३ मत प्राप्त गरेको छ। अन्य दलहरूको तुलनामा रास्वपाले निकै ठूलो मतान्तर कायम गर्दै अग्रता लिएको देखिन्छ।

त्यसपछि दोस्रो स्थानमा नेपाली कांग्रेस रहेको छ। कांग्रेसले हालसम्म १६ लाख ६६ हजार ७९६ मत प्राप्त गरेको छ। त्यस्तै नेकपा (एमाले) तेस्रो स्थानमा रहेको छ। एमालेले १३ लाख ८५ हजार १४९ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

यसैगरी, नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ४८ हजार २५९ मत प्राप्त गरेको छ। श्रम संस्कृति पार्टीले ३ लाख ४६ हजार ७७६ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ लाख २१ हजार ९७६ मत प्राप्त गरेको छ।

अन्य दलहरूको मत संख्या पनि क्रमशः सार्वजनिक हुँदै गएको छ। जनता समाजवादी पार्टी नेपालले एक लाख ६८ हजार २६६ मत प्राप्त गरेको छ। राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ६३ हजार ३९३ मत पाएको छ भने जनमत पार्टीले ७५ हजार ९८ मत प्राप्त गरेको विवरणमा उल्लेख गरिएको छ।

निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको मतगणना अझै जारी रहेको छ। हालसम्मको मत परिणामका आधारमा रास्वपा, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले थ्रेसहोल्ड कटाइसकेका छन्। अर्थात् यी दलहरूले समानुपातिक सिट प्राप्त गर्न आवश्यक न्यूनतम मत प्राप्त गरिसकेका छन्।

उता प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ भने सबै १६५ वटा निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा धेरै सिट जितेको छ। रास्वपाले १२५ सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको छ।

त्यसैगरी नेपाली कांग्रेसले १८ सिट जितेको छ भने नेकपा (एमाले)ले ९ सिटमा विजय हासिल गरेको छ। नेपाली कम्युनिस्ट पार्टीले ८ सिट जितेको छ भने श्रम संस्कृति पार्टीले ३ सिटमा सफलता पाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीले भने १ सिट जितेको छ।

यसरी प्रत्यक्षतर्फको परिणाम सार्वजनिक भइसकेको भए पनि समानुपातिकतर्फको मतगणना भने जारी छ। मतगणना सम्पन्न भएपछि समानुपातिक सिट बाँडफाँडको अन्तिम परिणाम पनि सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ।

समानुपातिकतर्फ १ करोड २ लाख मत गणना हुँदा दलहरुले पाएको मत

राष्ट्रिय स्वतन्त्र पार्टी  ४९,२४,७४३

नेपाली कांग्रेस १६,६६,७९६

नेकपा एमाले १३,८५,१४९

नेपाली कम्युनिस्ट पार्टी ७,४८,२५९

श्रम संस्कृति पार्टी ३,४६,७७६

राष्ट्रिय प्रजातन्त्र पार्टी ३,२१,९७६

जसपा, नेपाल १,६८,२६६

राष्ट्रिय परिवर्तन पार्टी १,६४,३९३

जनमत पार्टी ७५,०९८

एकल चिन्ह चकिया (जाँतो) राष्ट्रिय मुक्ति पार्टी नेपाल/जनता समाजवादी पार्टी/नागरिक उन्मुक्ति पार्टी, नेपाल) ६०,३५२

नेपाल मजदुर किसान पार्टी ४१,८३५

राष्ट्र निर्माण दल नेपाल ३६,९९३

राष्ट्रिय जनमोर्चा २९,१९७

एकल चिह्न बस (नेपाल संघीय समाजवादी पार्टी/बहुजन एकता पार्टी नेपाल/नेपाल जनजागृति पार्टी) २७,२३४

नेपाल जनता संरक्षण पार्टी २६,८१४

प्रगतिशील लोकतान्त्रिक पार्टी २२,३१३

नेकपा (माओवादी) २३,२१४

मंगोल नेशनल अर्गनाइजेशन १९,०१७

सार्वभौम नागरिक पार्टी १४,०३५

एकल चिह्न मोबाइल (आम जनता पार्टी/जनादेश पार्टी नेपाल) १२,५२८

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल ९,८७०

संयुक्त नागरिक पार्टी ८,४५३

स्वाभिमान पार्टी ७,१७०

नेपाल जनता पार्टी ६,९४५

राष्ट्रिय जनमुक्ति पार्टी ६,६६५

राष्ट्रिय एकता दल ६,७४८

नेकपा माले ५,५७६१

नेशनल रिपब्लिक नेपाल ५,००९

नेपालका लागि नेपाली पार्टी  ४,७९१

नेकपा मार्क्सवादी पुष्पलाल ४,७०९

राष्ट्रिय गौरव पार्टी ४,६९८

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ४,५२६

राष्ट्रिय ऊर्जाशील पार्टी, नेपाल ४,२२६

नेकपा  संयुक्त  ४,२९०

समावेशी समाजवादी पार्टी नेपाल ४,१०१

गतिशील लोकतान्त्रिक पार्टी ३,९८१

1

Scroll to Top