Banijya News

होर्मुजमा तनाव चर्किँदा तेल बजार फेरि उकालो : नाकाबन्दीको तयारीले मूल्य १०० डलर नाघ्यो

1
1.1K Shares

अमेरिका र इरानबीचको द्वन्द्व समाधान गर्ने कूटनीतिक प्रयास असफल भएपछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पुनः ठूलो उथलपुथल देखिएको छ। रणनीतिक दृष्टिले अत्यन्त संवेदनशील मानिने होर्मुज जलडमरू क्षेत्रमा नाकाबन्दी गर्ने तयारीको समाचार बाहिरिएसँगै कच्चा तेलको मूल्य सोमबार उल्लेखनीय रूपमा उकालो लागेको हो।

बजार तथ्याङ्कअनुसार लन्डनको ब्रेन्ट क्रुड फ्यूचर करिब ७.६० डलर अर्थात् झण्डै ८ प्रतिशतले बढेर प्रतिब्यारेल १०२.८० डलर पुगेको छ। त्यस्तै अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (ध्त्क्ष्) को मूल्य पनि ८.३१ डलर अर्थात् ८.६ प्रतिशतले वृद्धि भई १०४.८८ डलर पुगेको छ। केही साताअघि मात्र देखिएको मूल्य स्थिरता पुनः भंग हुँदै बजारमा अस्थिरता बढेको ऊर्जा विश्लेषकहरूले बताएका छन्।

विशेषज्ञहरूका अनुसार होर्मुज जलडमरू विश्वको सबैभन्दा महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक हो, जहाँबाट दैनिक करिब एक–पाँचौँ भाग कच्चा तेल ओसारपसार हुन्छ। यस क्षेत्रमा अवरोध सिर्जना हुने आशंका मात्रले पनि विश्व बजारमा ठूलो असर पार्ने गर्दछ। अहिले देखिएको मूल्यवृद्धि पनि यस्तै आशंका र आपूर्ति अवरोधको जोखिमसँग प्रत्यक्ष रूपमा जोडिएको छ।

अमेरिकी राष्ट्रपति म्यलबमि त्चगmउ ले आइतबार होर्मुज क्षेत्रमा नाकाबन्दी सुरु गर्ने तयारीबारे सार्वजनिक घोषणा गरेका थिए। उक्त कदमले इरानसँग सम्बन्धित दैनिक करिब २० लाख ब्यारेल तेलको आपूर्ति प्रभावित हुन सक्ने अनुमान गरिएको छ। ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनसम्म तेल तथा ग्यासको मूल्य उच्च रहन सक्ने संकेतसमेत दिएका छन्।

यसअघि दुई सातासम्म कायम रहेको अल्पकालीन युद्धविरामपछि शान्ति सम्झौता हुने अपेक्षा गरिएको थियो। तर वार्ता निष्कर्षविहीन रूपमा टुंगिएपछि पुनः तनाव चर्किएको हो। अमेरिकी सेन्ट्रल कमाण्डका अनुसार सोमबार बिहानदेखि नै इरानी बन्दरगाहबाट हुने अधिकांश समुद्री आवागमनमा नियन्त्रण गर्ने प्रक्रिया सुरु भइसकेको छ।

यता इरानले अमेरिकी कदमको कडा विरोध जनाएको छ। इरानको रिभोलुसनरी गाड्र्सले होर्मुज क्षेत्रमा हुने कुनै पनि सैन्य गतिविधिलाई युद्धविराम उल्लङ्घनको रूपमा लिने र त्यसको कडा जवाफ दिने चेतावनी दिएको छ। यसले क्षेत्रीय तनाव अझै चर्किन सक्ने संकेत देखाएको छ।

यसबीच, साउदी अरेबियाले भने आफ्नो ऊर्जा आपूर्ति सन्तुलनमा राख्न प्रयास गरिरहेको जनाएको छ। युद्धका कारण क्षतिग्रस्त बनेको इस्ट–वेस्ट पाइपलाइन मर्मत गरी दैनिक ७० लाख ब्यारेल तेल पम्प गर्ने क्षमता पुनः हासिल गरेको साउदी पक्षले जनाएको छ। यस कदमले केही हदसम्म आपूर्ति सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ऊर्जा बजारका जानकारहरूका अनुसार यदि होर्मुजमा नाकाबन्दी पूर्ण रूपमा कार्यान्वयनमा आयो भने तेलको मूल्य अझै उकालो लाग्न सक्छ, जसको प्रभाव विश्वव्यापी महँगी, ढुवानी लागत र आर्थिक वृद्धिमा समेत पर्न सक्छ। अहिलेको अवस्था हेर्दा ऊर्जा बजार निकट भविष्यमा पनि उच्च जोखिम र अनिश्चिततामा रहने संकेत देखिएको छ।

1

Scroll to Top