Banijya News

रास्वपा संसदीय दलको बैठक बस्दै : समितिको सभापति निर्वाचनबारे छलफल

1
1.1K Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो १२:१५ बजे बस्न लागेको पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । बैठकमा संसदीय समितिहरूको सभापति निर्वाचनलगायत विभिन्न समसामयिक विषयमा छलफल हुने जनाएको छ ।

संसदीय समितिका सभापतिहरूको निर्वाचन वैशाख ४ गते हुँदैछ भने त्यसका लागि आज मनोनयन दर्ताको समय तोकिएको छ ।

1

Scroll to Top