एनसेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका विद्यार्थीका निम्ति आफ्नो विशेष अफर ‘पहिलो सिम’ सञ्चालनमा ल्याएको छ । यो अफरमा विद्यार्थीले करसहित मात्र ५० रुपैयाँमा एनसेलको प्रिपेड सिम लिन सक्छन् । साथै, विभिन्न आकर्षक ‘बन्डल’ सेवाको फाइदा लिन सक्छन् ।
विद्यार्थीले ‘पहिलो सिम’ लिँदा आफ्नो रोजाइअनुसार एनसेल मोबाइल नम्बर छनोट गर्न पनि सक्छन् । यो पहिलो सिममा दुई जीबी डाटा, सबै नेटवर्कमा कल गर्न मिल्ने ५० मिनेटको टकटाइमका साथै मेरो स्कुल र गेमिङ प्रिमियर लिग (जीपीएल)मा २८ दिनका निम्ति निःशुल्क पहुँच पाइने कम्पनीले जनाएको छ ।
मेरो स्कुल एक डिजिटल लर्निङ प्लेटफर्म हो, यसमा अनलाइन सिकाइका निम्ति पाठ्यक्रमका थुप्रै भिडियो सामग्री उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


