नेपाली बजारमा सुनको मूल्य तोलामा २१ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार (जेठ २२) मा छापावाल सुन प्रतितोला तीन लाख ९ हजार कायम भएको हो ।
अघिल्लो दिन बिहीबार तीन लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी तोलामा ५५ रुपैयाँ घटेर पाँच हजार २३० मा कारोबार भएको छ । अघिल्लो दिन पाँच हजार २८५ मा कारोबार भएको थियो ।


