Banijya News

असारका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुनको कति ?

1
1.0K Shares

वाणिज्य बैंकहरूले असार महिनामा लागू हुने मुद्दति निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । यस महिनाका लागि केही बैंकले ब्याजदर स्थिर राखेका छन् भने केही बैंकले अझ घटाएका छन् । हालसम्म प्राप्त १७ वटा वटा वाणिज्य बैंकको सूचनाअनुसार ७ वटा बैंकले ब्याजदर घटाएका छन् भने १० वटाले स्थिर राखेका छन् ।

असारका लागि व्यक्तिगत मुद्दति निक्षेपमा ब्याजदर घटाउनेमा लक्ष्मी सनराइज, एभरेष्ट, हिमालयन, एनआईसी एसिया, एनएमबि, प्राइम कमर्सियल र स्ट्यान्डर्ड चार्टर्ड रहेका छन् । असारका लागि ब्याजदर घटाएर लक्ष्मी सनराइजले ४ प्रतिशत, एभरेष्टले ३.५० प्रतिशत, हिमालयनले ४ प्रतिशत, एनआईसी एसियाले ४ प्रतिशत, एनएमबिले ४.७५ प्रतिशत, प्राइम कमर्सियलले ४ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्डले ३.९५ प्रतिशत कायम गरेका छन् ।

जेठ महिनामा लक्ष्मी सनराइजले ४.५० प्रतिशत, एभरेष्ट, हिमालयनले ४.०५ प्रतिशत, एनआईसी एसियाले ४.५० प्रतिशत, एनएमबिले ४.८० प्रतिशत, प्राइम कमर्सियलले ४.१५ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्डले ५ प्रतिशत ब्याज दिएका थिए ।

यसैगरी, ब्याजदर स्थिर राख्नेमा कृषि विकास, ग्लोबल आइएमई, माछापुच्छ्रे, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, सानिमा, सिद्धार्थ, प्रभु, सिटिजन्स र नेपाल इन्भेस्टमेन्ट मेगा रहेका छन् । जेठकै ब्याजदरलाई असारमा कायम गर्दै कृषि विकासले ४.१५ प्रतिशत, ग्लोबल आइएमईले ४.५० प्रतिशत, माछापुच्छ्रेले ४.५० प्रतिशत ब्याज दिने भएको छ ।

त्यस्तै, व्यक्तिगत मुद्दति निक्षेपमा नेपाल बैंकले ४.२५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ४.७५ प्रतिशत, सानिमाले ४.५० प्रतिशत, सिद्धार्थले ४.०५ प्रतिशत, प्रभुले ४.५५ प्रतिशत, सिटिजन्सले ४.१० प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगाले ४.५० प्रतिशत ब्याज दिने भएका छन् ।

1

Scroll to Top