काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ को जेठ महिनासम्म कुल ११ अर्ब २९ करोड २९ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको छ । जुन विनियोजित बजेटको ४५ प्रतिशतमात्र खर्च भएको हो ।
महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आगामी आव २०८३/८४ को बजेट प्रस्तुत गर्दै चालु आवको बजेट कार्यान्वयनको तथ्यांक प्रस्तुत गरेकी हुन् । उनका अनुसार, चालु आवमा महानगरले २५ अर्ब ११ करोड बराबरको बजेट कार्यान्वयन गरिरहेको छ ।
चालु आवको जेठ मसान्तसम्ममा चालु खर्च ५ अर्ब ७२ करोड र पूँजीगत खर्च ५ अर्ब ५२ करोड रुपैयाँ भएको छ । महानगरले यस खर्चलाई सन्तोषजनक मानेको छ ।


