Banijya News

सुनको मुल्यमा १ हजार २ सय रुपैँयाको गिरावट

1
1.0K Shares

मंगलबार स्थानीय बजारमा सुनको मूल्यमा गिरावट देखिएको छ । यसदिन सुन तोलामा १ हजार २ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन २ हजार ८ सय रुपैयाँले घटेको सुनको मूल्य आज थप १ हजार २ सय रुपैयाँले घट्दै २ लाख ८४ हजार रुपैयाँमा झरेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घट्दै ४ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो ।

1

Scroll to Top