इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘कनेक्ट फर इम्प्याक्ट’ मूल नारासहित १७औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवका अवसरमा कम्पनीले गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्नुका साथै प्रविधिमार्फत शिक्षा, रोजगारी र समावेशी विकासमा योगदान पुर्याउने प्रतिबद्धता दोहोर्याएको छ ।
कम्पनीका अनुसार, कनेक्ट फर इम्प्याक्ट अभियान सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर सकारात्मक परिवर्तन ल्याउने दीर्घकालीन अभियान रहेको क्लासिक टेकले जनाएको छ । यसअन्तर्गत क्लासिक टेकले नेपाल अपांग महिला संघसँग समावेशी रोजगारी प्रवद्र्धनका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।
साथै, अनमोल चिल्ड्रेन डेभलपमेन्ट होमलाई निःशुल्क उच्च गतिको इन्टरनेट सेवा र एक थान कम्प्युटर उपलब्ध गराएर बालबालिकाको डिजिटल शिक्षामा सहयोग गरेको जनाएको छ ।
कम्पनीले ग्राहक, कर्मचारी, साझेदार तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय सेवा र सामाजिक उत्तरदायित्वमार्फत समाजमा सकारात्मक प्रभाव सिर्जना गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ ।


