Banijya News

सिद्धार्थ व्यवस्थित लगानी योजनाको प्रतिफल घोषणा

1
1.0K Shares

सिद्धार्थ म्युचुअल फन्डअन्तर्गत सञ्चालित सिद्धार्थ व्यवस्थित लगानी योजनाको प्रतिफल घोषणा गरिएको छ । सिद्धार्थ बैंक कोष प्रवर्द्धक तथा सिद्धार्थ क्यापिटल योजना व्यवस्थापक रहेको यो खुलामुखी योजनाको प्रतिफल वितरण गर्न लागिएको हो ।

उक्त योजनाको इकाइधनीलाई गत आवका लागि तीन प्रतिशत प्रतिफल (नगद लाभांश) वितरण गरिने भएको छ । शुक्रबारसम्म कायम रहेका इकाइधनीले उक्त लाभांश प्राप्त गर्न सक्नेछन्‌ । लाभांश इकाइधनीको हितग्राही खातामा उल्लिखित बैंक खातामा सोझै जम्मा गरिने बताइएको छ ।

1

Scroll to Top