सुनको मूल्यमा आज पनि गिरावट आएको छ । आज सुनको मूल्य तोलामै ३८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको भाउ प्रतितोला २ लाख ९० हजार ५०० रुपैयाँ कायम भएको छ ।
हिजो सोमबार सुनको मूल्य ५००० हजारले घटेर प्रतितोला २ लाख ९४ हजार ३०० रुपैयाँ रहेको थियो ।
सुनसँगै आज चाँदीको मूल्य पनि प्रतितोला ११५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज मंगलबार चाँदीको भाउ प्रतितोला ४ हजार ३९५ रुपैयाँ कायम भएको छ । हिजो सोमबार चाँदी प्रतितोला ४ हजार ५१० रुपैयाँ रहेको थियो ।


