Banijya News

लुम्बिनी विकास बैंकद्वारा १ लाख ५१ हजार बढी कित्ता शेयर बिक्री गरिने

1
1.0K Shares

लुम्बिनी विकास बैंकद्वारा १ लाख ५१ हजार बढी कित्ता शेयर बिक्री गरिने भएको छ । बैंकको संस्थापक समूहको १ लाख ५१ हजार ५८५ कित्ता शेयर बिक्रीमा राखिएको हो ।

यसका लागि सर्वसाधारण लगानीकर्ता र संस्थाले खरिदका लागि निवेदन दिन सक्ने बताइएको छ । आवेदन दिन १५ दिनको समय दिइएको छ । यस अवधिभित्र योग्य लगानीकर्ताले काठमाडौंको डिल्लीबजारस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन् ।

यसअघि बैंकका विद्यमान संस्थापक शेयरधनीलाई ३५ दिनको समय दिएर उक्त शेयर बिक्रीमा राखिएको थियो । तर, संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिएको हो ।

1

Scroll to Top