स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीलाई कुल ५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य नाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश दिने भएको हो ।
संस्थाको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी १ अर्ब ७५ करोड रुपैयाँको ४.७५ प्रतिशतका दरले ८ करोड ३१ लाख २५ हजार रुपैयाँबराबरको ८ लाख ३१ हजार २५० कित्ता बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।
त्यस्तै, बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२५ प्रतिशतका दरले ४३ लाख ७५ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।


