महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिले हाल कायम चुक्तापूँजीको ९.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ०.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
संस्थाको २०८३ असार मसान्तसम्म कायम चुक्तापूँजी ३८ करोड ७४ लाख ९४ हजार ८६६ रुपैयाँ ४६ पैसा रहेको छ । सोही पूँजीका आधारमा संस्थाले ३ करोड ६८ लाख १२ हजार १२ रुपैयाँ ३१ पैसा बराबरको बोनस शेयर र १९ लाख ३७ हजार ४७४ रुपैयाँ ३३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
यसअनुसार संस्थाले बोनस शेयर र नगद लाभांश गरी कुल ३ करोड ८७ लाख ४९ हजार ४८६ रुपैयाँ ६४ पैसा बराबरको लाभांश वितरण गर्नेछ ।


