मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिले आर्थिक वर्ष २०८३ असार मसान्तसम्म कायम रहेको संस्थाको चुक्तापूँजी २५ करोड ५८ लाख ४३ हजार ६२१ रुपैयाँ ५८ पैसाका आधारमा लाभांश प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांशमध्ये ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीले २ करोड ४३ लाख ५ हजार १४४ रुपैयाँ ८ पैसा बराबरको बोनस सेयर र १२ लाख ७९ हजार २१८ रुपैयाँ ११ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नगद लाभांशमा बोनस सेयर तथा नगद लाभांशको कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश गरिएको छ । यसअनुसार कम्पनीले कुल २ करोड ५५ लाख ८४ हजार ३६२ रुपैयाँ १९ पैसा बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।


