नेपाल पुनर्बीमा कम्पनी (NRIC) ले कुल चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुर्याउने प्रयोजनका लागि करिब १७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
सञ्चालक समितिको मंसिर ११ गते बसेको बैठकले हाल कायम चुक्ता पुँजीको १६.९१७६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेस गर्ने निर्णय गरेको हो ।
कम्पनीमा रहेको नेपाल सरकारको विद्यमान ४४.०३९० प्रतिशत शेयर स्वामित्व नघट्ने गरी पूँजी वृद्धि गर्न सरकारबाट प्राप्त सहमतिअनुसार चालु आर्थिक वर्षमा नेपाल सरकारको तर्फबाट हकप्रद शेयरमा १ अर्ब रुपैयाँ लगानी प्राप्त हुने सुनिश्चित भएपछि सोही रकमको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागिएको हो ।
आगामी वार्षिक साधारण सभाबाट उक्त प्रस्ताव पारित भएपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डको स्वीकृति लिएर हकप्रद शेयर निष्काशन प्रक्रिया अघि बढाइनेछ ।


