Banijya News

मालपोतले नै कीर्ते कागज बनाएर दियो धोका

1
1.1K Shares

१९, मंसिर, २०७६, काठमाण्डौँ । कञ्चनपुरको भूमि सुधार तथा मालपोत कार्यालयले एक महिलाको नाममा कीर्ते गरेर साढे ५ कट्ठा जमिन रहेको देखाएको छ। भूमि सुधार तथा मालपोत कार्यालको तल्लोदेखि माथिल्लो तहसम्मको ‘च्यानल’ नै मिलेर एक व्यक्तिको नाममा रहेको जग्गा–जमिन अर्को व्यक्तिको नाममा देखाएको हो। मालपोत कार्यालयका मालपोत अधिकृत अशोकसिंह भण्डारीले उक्त जग्गाको कीर्ते कागजातमा हस्ताक्षर गरेको भेटिएको छ। भीमदत्त नगरपालिका–६ मा बस्ने करन चन्दको नाममा स्रेस्ता रहेको जमिनलाई अधिकृत भण्डारीलगायतको ‘च्यानलले’ भगतपुर बस्ने तुलसी दमाईको नाममा रहेको देखाएको हो।

स्रोतका अनुसार मालपोत कार्यालयको एक ‘च्यानल’ थुप्रै मान्छेका फर्जी तथा कीर्ते कागजात बनाउन र पैसा असुल्नमा संग्लन छ। यो कुरा स्रेस्तासहितको जमिन हुने र मालपोतले कीर्ते कागज बनाइदिएको व्यक्तिलाई समेत थाहा छैन। मालपोतले जमिन कीर्ते गरेको व्यक्ति तुलसी दमाईलाई समेत अदालतमा मुद्दा परेपछि मात्र यो घटना थाहा भएको हो। यो खबर आजको नेपाल समाचारपत्रमा मनोज भट्टले लेखेका छन् ।

1

Scroll to Top