लक्ष्मी सनराईज क्यापिटलको व्यवस्थापनमा सञ्चालित लक्ष्मी म्युचुअल फण्ड र सनराईज म्युचुअल फण्डअन्तर्गतका विभिन्न योजनाहरूले नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन्।
लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित लक्ष्मी उन्नती कोषले २० प्रतिशत, सनराईज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराईज फर्स्ट म्युचुअल फण्डले १४ प्रतिशत र सनराईज फोकस्ड ईक्विटी फण्डले १३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय भएको छ।
यो निर्णय साउन २० गते बसेको योजना व्यवस्थापक लक्ष्मी सनराईज क्यापिटलको सञ्चालक समितिको बैठकले गरेको हो। लाभांश वितरणले लगानीकर्ताहरूलाई थप प्रतिफल प्राप्त हुने अपेक्षा गरिएको छ।


