Banijya News

आज सुनको मूल्य स्थिर रहँदा चाँदीको बढ्यो

1
1.1K Shares

नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार ४०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि छापावाल सुन यही मूल्यमा किनबेच भएको थियो । गएको मंगलबार ९साउन २०० सुन हालसम्मकै उच्च मूल्य अर्थात् तोलाको एक लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।

1

Scroll to Top